एजेन्सी । लिभरपुल जारी एफए कप फुटबल प्रतियोगिताबाट बाहिरिएको छ ।
सोमवार राति सम्पन्न भएको तेस्रो चरणको खेलमा लिभरपुल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । खेलको ३८ औँ मिनेटमा उल्भ्सका लागि राउल हेमिनेजले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।
प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म एक-शुन्य गोल अन्तरले पछाडि रहेको लिभरपुलले दोस्रो हाफमा बराबरी गोल फर्कायो । खेलको ५१ औँ मिनेटमा लिभरपुलका लागि डिभोक ओरीगीले गोल गर्दै खेललाई एक-एक गोलको बराबरीमा ल्याए ।
ओरीगीले गोल गरेको तीन मिनेट पनि बित्न नपाउँदै उल्भ्सका रुबेन नेभेसले गोल गर्दै खेललाई २-१ को स्थितीमा पु-याए । निर्धारित समयसम्म लिभरपुलले खेलमा फर्कने प्रयास गरेपनि सफल भने हुन सकेन् ।
सन् १९८१ पछि उल्भ्सले पहिलो पटक लिभरपुललाई पराजित गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया