ललितपुर । ललितपुर महानगरपालिकाको मुख्य सडकमा स्मार्ट स्ट्रिट लाइट राखिने भएको छ ।
ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनका अनुसार यो क्षेत्र भित्रको मुख्य सडकमा १ हजार स्मार्ट लाईट राख्न लागेको जानकारी दिए । साथै, उनले हाल स्मार्ट लाईटका लागि ग्लोबल टेण्डर निकाल्ने तयारी भइरहेको समेत बताए ।
‘नेपालमा नै पहिलो पटक ललितपुर महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गर्दै सडक बत्ती राख्न लागेको हो, स्मार्ट लाईटलाई कसैले बाल्नु पर्दैन, यसमा अटोमेटिक बल्ने र निभ्ने प्रवधि अपनाउने छौँ, दिउँसोको समयमा आफै निभ्छ भने रात परेपछि अटोमेटिक रुपमा लाइट बल्छ’, उनले भने ।
साथै यस लाइटमामानिसहरुको गतिविधी बढ्दा सबै बत्तीहरु बल्ने तथा कम हुँदा बत्तीको आफै पावर घट्ने पने उनले जानकारी दिए । यो लाइटमा सिसिटीभी क्यामेरा पनिसँगै जडान गर्न लागिएको मेयर महर्जनले बताए ।
महर्जनका अनुसार स्मार्ट लाइट ललितपुरमा राख्नको लागि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरिसकेको छ ।
साथै ललिपुर महानगरपालिकाको सडकमा सोलार बत्ती भने जडान नगर्ने भएको छ । सोलारले कम प्रकाश दिने भन्दै मेयर महर्जनले महानगरमा स्मार्ट लाइट जडान गर्न लागिएको जानकारी दिएको हो ।
नयाँ जोडिने स्मार्ट लाइट बालेबापत उठ्ने बिल भने नेपाल विद्युत प्राधिकरणलाई बुझाउनले पनि मेयर महर्जनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया