एजेन्सी । नेपाल राष्ट्र बैंकले नेपालमा एक सयभन्दा माथिको भारु चलाउन स्वीकृति दिन भारतीय केन्द्रीय बैंकलाई पत्र लेखेको छ।
भारतीइ सञ्चार माध्यमका अनुसार नेपाल राष्ट्र बैंकले दुई सय, पाँच सय र दुई हजारको भारु नोटलाई नेपालमा चलाउन स्वीकृति दिन माग गरेको बताइएको छ । राष्ट्र बैंकले भारतिय केन्द्रिय बैंकलाई विदेशी विनिमय ब्यवस्था ऐन ‘एफइएमए’ अनुसार एक सय भारु माथिका नोट चलाउनका लागि स्वीकृति दिन माग गरेको हो ।
‘आरबिआइ’ले हाल एक सय भारुसम्मका नोट नेपालमा चलाउन स्वीकृति दिएको छ। भारतमा नोटबन्दी हुनुअघि पाँच सय र दुई हजारका नोट पनि नेपालमा चल्दै आइरहेको थियो ।
पुराना ठूला दरका भारतिय नोटमा प्रतिबन्ध लागेपछि हाल नेपालमा एक सयका नोट मात्र चल्छन् ।
राष्ट्र बैंकका विदेशी विनिमय ब्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानालाई उदृत गर्दै भारतिय सञ्चार माध्यमले लेखेको छ । ‘नेपाल र भारत आवत—जावत गर्ने नागरिकलाई भारतिय ठूला नोट नचल्दा समस्या परेको छ, त्यसैले नोट चलाउन माग गरेका हौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया