नक्कली नागरिकता बनाइ सामान ठगी गर्ने पक्राउ

कैलाली । कैलाली घनगढी नपा फुलवारी ३ बस्ने वासुदेव मैनाली ले रामचन्द्र शर्मा, शिवराम पौडेल र वासुदेव मैनालीको नामबाट नागरिकता बनाइ ठगी गरेको तथ्य बाहिर आएको छ ।

मैनालीले विभिन्न ठूला पसलहरुमा गएर आफू ठुलो व्यापारी भएको भन्दै  फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी रक्सी लगायतका सामानहरु उठाउने र चेक दिने गरेका थिए । फरक फरक स्थानमा नामहरु परिवर्तन गरी उनले ७ जना भन्दा वढी व्यापारीको ४० लाख भन्दा बढी ठगी गरिसकेका छन् । नीजलाई काजि नारायणटार अर्याल गाँउबट खटेको विशेष टोलीले पक्राउ गरेको हो।

मैनालीको नारायटार स्थित गोदाममा फ्रिज, टेलिभिजन, जेनेटर, विदेशी रक्सी गरेर अन्दाजी १५ लाख बराबरको सामान रहेको खुल्न आएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको अनुसन्धान टोलीका सदस्यले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?