श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट सिरिजमा न्युजिल्याण्डको क्लिन स्विप

एजेन्सी । न्युजिल्याण्डले श्रीलंकाविरुद्धको एकदिवसीय क्रिकेट सिरीजमा क्लिन स्विप गरेको छ । 

मंगलवार भएको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा न्युजिल्याण्डले श्रीलंकालाई १ सय १५ रनले पराजित गर्दै तीन खेलको सिरिज ३-० ले आफ्नो पक्षमा पारेको हो ।

३ सय ६५ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको श्रीलंकाको पारी ४१ ओभरमा सबै विकेटको क्षतीमा मात्र २ सय ४९ रनमा समेटिएको थियो । श्रीलंकाका लागि  थिसरा परेराले ८० रनको अर्धशतकीय इनिङस खेले । त्यस्तै निरोशन डिक्वेलाले ४६ रन, कुशल परेराले ४३ रन तथा धनन्जय सिल्भाले ३६ रन जोडेका थिए । 

श्रीलंकालाई सस्तैमा समेट्ने क्रममा न्युजिल्यान्डका लागि  लोकी फेर्गुसनले ४ तथा इस सोधीले ३ विकेट हात पारे । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा मात्र ४ विकेट गुमाउँदै ३ सय ६४ रनको योगफल तयार पारेको थियो ।  न्युजिल्यान्डका रोज टेलर र हेनरी माइकल निकोल्सले शतकीय इनिङस खेले ।

टेलरले १ सय ३७ रन तथा निकोल्सले अविजित १ सय २४ रनको शतकीय इनिङस खेले । त्यस्तै कप्तान केन विलियम्सनले ५५ रन जोडे । अब न्युजिल्याण्ड र श्रीलंकाले टी-ट्वान्टी सिरिज खेल्नेछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?