काठमाडौं । सरकारी लगानी बालुवामा पानी जस्तै हुने गरेको देखिएको छ । यही चैत ३० गते महालेखा परिक्षकको कार्यालयले सार्वजनिक गरेको ६० औं वार्षिक प्रतिवेदन २०५९ अनुसार सरकारले एक सय पाँच वटा संस्थाहरुमा दुई खर्ब ५८ अर्ब ७८ करोड २२ लाख रुपैंयाँ सेयर लगानी गरेको छ ।
तर यो लगानीबाट महालेखाले ६० औं प्रतिवेदन तयार पार्दासम्म ति सरकारी संस्थानहरुमा गरिएको सेयर लगानीको प्रतिफल भने शुन्य रहेको छ । अर्थात उक्त बर्ष सरकारले दुई खर्ब ५८ अर्ब रुपैंयाँ लगानी गरेपनि कुनै पनि किसिमको प्रतिफल पाएको छैन ।
महालेखा नियन्त्रकको कार्यालयबाट प्राप्त विवरण अनुसार सरकारले गत आर्थिक बर्षसम्म बिभिन्न एक सय १४ वटा संस्थाहरुमा साधारण, प्राथमिकता प्राप्त शेयर र अन्तराष्ट्रिय संस्थामा शेयर समेत गरी तीन खर्ब ४२ अर्ब ११ करोड ११ लाख रुपैंयाँ शेयर लगानी गरेकोमा यो बर्ष थप १५ अर्ब ५२ करोड ७८ लाख रुपैंयाँ समेत थप गरेको छ । सो अनुसार सरकारको कुल लगानी तीन खर्ब ५७ अर्ब ६३ करोड ८९ लाख रुपैंयाँ रहेको देखिएको छ ।
तर यति ठुलो परिमाणमा लगानी हुँदा पनि यो बर्ष नेपाल टेलिकमबाट दुई अर्ब ७४ करोड ४९ लाख, नागरिक लगानी कोषबाट दुई करोड ६७ लाख, कृषि बिकास बैंकबाट ३८ करोड ५० लाख, राष्ट्रिय बाँणिज्य बैंकबाट १८ करोड ५४ लाख, नेपाल नागरिक उड्उन प्राधिकरणबाट ५२ करोड ३५ लाख, नेपाल स्टक एक्सचेन्ज लिमिटेडबाट ३५ करोड २० लाख, बुटवल पावर कम्पनीबाट दुई करोड १९ लाख समेत गरी नौं वटा संस्थाहरुबाट कुल चार अर्ब २४ करोड ३७ लाख रुपैंयाँ नगद लाभाँश प्राप्त गरेको देखिन्छ । यो बर्ष प्राप्त लाभाँश गत बर्ष प्राप्त भएको लाभाँश भन्दा ६६ दशमलव ७२ प्रतिशतले कम हो, महालेखाले भनेको छ ।
सेयर लगानीमार्फत सरकारले गरेको आम्दानी :
क्रस संस्थानको नाम आम्दानी
१ नेपाल टेलिकम २ अर्ब ७४ करोड ४९ लाख
२ नागरिक लगानी कोष २ करोड ६७ लाख
३ कृषि बिकास बैंक ३८ करोड ५० लाख
४ राष्ट्रिय बाँणिज्य बैंक १८ करोड ५४ लाख
५ नेपाल नागरिक उड्यन प्राधिकरण ५२ करोड ३५ लाख
६ नेपाल स्टक एक्सचेन्ज ३५ करोड २० लाख
७ बुटवल पावर कम्पनी २ करोड १९ लाख
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया