काठमाडौं । विदेशी कामदार, त्यसमा पनि विशेष नेपाली कामदारहरुको, आपुर्ति सम्बन्धमा पूर्ण रिपोर्ट दुई महिनामा तयार हुने मलेशियाका एक मन्त्रीले बताएका छन् ।
मानव संशाधन सहायक मन्त्री दतुक ओमरले रिपोर्ट अझै छलफलको चरणमा रहेको बताएका छन् । साथै उनले रिपोर्टबारे कुनै पनि निर्णय स्वतन्त्र रुपमा गठित विदेशी कामदार समितिमा भर पर्ने बताए ।
“विदेशी कामदारसम्बद्धमा कुनै पनि सल्लाह तथा नीति समितिको रिफारिस अनुरुप हुनेछ,” उनले क्वालामपुरमा रहेको ‘औधोगिक तालिम इन्स्टीच्युट’को भ्रमणको क्रममा भने । उनी त्यहाँ सन् २०१९ सेमेस्टरमा विद्यार्थीहरुको भर्नासम्बद्धमा निगरानी गर्न गएका थिए ।
“रिपोर्ट तयार भएपछि यो मुद्धा समाधान हुनेछ । तर योबीचमा उब्जने विदेशी कामदारसम्बन्ध अन्य कुनै मुद्धा समाधान गर्नमा लागि सरकार प्रतिबद्ध छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया