आन्तरिक राजश्व कार्यालयका प्रमुखहरुलाई अर्थमन्त्रीको यस्तो निर्देशन

लोकपथ
35
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन आग्रह गरेका छन्।

बिहीबार आन्तिरक राजश्व कार्यालयका प्रमुखहरुको समीक्षा बैठकमा मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन् ।

‘काठमाडौं लगायत राज्यका विभिन्न स्थानमा राजस्व संकलन गर्न आन्तरिक राजश्व कार्यालयहरु रहेका छन् । ती राजश्व कार्यालयहरुले राम्रोसँग आफ्नो जिम्मेवारी पुरा गर्न कुनै कसर बाँकी राख्नु भएन । बजारको प्रभावकारी अनुगमन, कारोबारको यथार्थ बिल लिनेदिने कार्यको विकास, कर्मचारीमा नैतिकता र ईमान्दारिता तथा महालेखा परीक्षकको कार्यालयले ‌प्रतिबेदनमा देखाएका कुराहरुलाई गम्भिरतापूर्वक लिन जरुरी छ । यी सबै कुराहरुलाई सबै कार्यालय प्रमुखहरुले आत्मसाथ गरी लक्षित राजश्व असुल गर्ने कार्यमा आजैदेखि तनमनले लाग्नु हुने भन्ने पूर्ण अपेक्षा गरेको छु ।’

त्यस्तै सबै मन्त्रालयहरु खर्चका लागि जिम्मेवार रहेको बताउँदै विनियोजित खर्चहरुको सदुपयोग होस् भन्ने अर्थमन्त्रालयको चाहना रहने उनले बताए । विभिन्न परिस्थितीजन्य कारणले राजस्व कम उठेको डा. महतले बताए ।

‘नेपाल सरकारको विभिन्न मन्त्रालय खर्चका लागि जिम्मेवार हुन् । सम्बन्धित मन्त्रालयमा विनियोजन भएको रकम प्रभावकारी ढंगले खर्च होस् भन्ने अर्थ मन्त्रालयको अपेक्षा रहन्छ ।’ डा. महतले भने, ‘राजस्व संकलनमा अर्थ मन्त्रालयको अहम् भूमिका रहेकोले सबै राजस्व संकलनको जिम्मा अर्थ मन्त्रालयको हो । विभिन्न परिस्ठितिजन्य अवस्थाले यस पटक राजस्व निक्कै कम संकलन हुन गएको हो । गत वर्ष संकलन भएको राजस्वसँग अहिले संकलन भएको राजस्व दाँज्दा पनि हाम्रो प्रगति निक्कै कम देखियो ।’

राजस्व कम उठ्नुमा सबै राजस्वका कर्मचारीहरुलाई मात्रै दोष दिएर आफूहरु पन्छिन् नमिल्ने उनले बताए । आयातमा लगाएको प्रतिबन्ध, पूँजिगत खर्चमा आएको ह्रास, चोरी पैठारीको कारणले रावश्वमा कमि आएको उनको ठहर रहेको छ ।

No description available.

‘यसको सम्पूर्ण दोष राजस्वका कर्मचारीको हो भनेर मैले भनेको छैन, राष्ट्रिय अर्थतन्त्रमा आएको संकुचन, केही वस्तुहरुको आयातमा लगाएको प्रतिबन्ध, पूँजिगत खर्चमा आएको ह्रास, चोरी पैठारीका कारणले राजश्वमा कमी आएको देखिन्छ ।’ डा. महतले भने, ‘यी तमाम पावन्दी र समस्याका बाबजुद हाम्रो प्रयासमा अवश्य पनि कमी कतै छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । हामी सबैले इमान्दारिताका साथ आ–आफ्नो जिम्मेवारी पूरा गर्ने बाहेक मसँग अर्को कुनै एजेन्डा छैन । तपाईंहरुको कार्य प्रगतिबाट नै तपाईंहरुको मूल्यांकन हुन्छ भन्ने कुरामा तपाईंहरु निश्चिन्त हुनुहोस् ।’

‘पछिल्लो समयमा ठूला व्यवसायिक घराना भन्दा साना व्यवसायी धेरै प्रभावित भएको बताउँदै त्यत्ति हुँदा पनि काठमाडौं उपत्यकामा किन राजस्व संकलनले लक्ष्यभन्दा कम उठ्छ ? भ्याटमा नक्कली बिलको समस्या आइरहेको छ भन्ने गुनासो रहेको कारण यदि हो भने यो अपराध मानेर यसमा गम्भीररुपमा लिन मन्त्री डा महतले आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?