करोडपति क्षेत्रबहादुर यसरी बने घरबारविहीन, जिन्दगीले सिकाएको पाठ सम्झदै भने, ‘कमाएर होइन रमाएर बाँचेको छु’

हरेक दिन वीर अस्पताल, रत्नपार्क एरियामा क्षेत्रबहादुर भण्डारी आफ्नै धुनमा गीत गुनगुनाउँदै ह्वील चेयरमा पत्रिका, पानी बेच्दै हिँडिरहेका हुन्छन् ।

राजधानीका सडक र चोकहरुमा शारीरिक अशक्तताको आडमा माग्न बस्ने व्यक्तिहरु भन्दा अलग क्षेत्रबहादुर कसैको अगाडि हात थापेर माग्दैनन् । उनलाई पाल्छु भन्ने केही आफन्त पनि छन् तर, उनी आफ्नै कमाइमा बाँच्न चाहन्छन् । कसैका निमित्त बोझ बन्ने उनको ध्येय छैन । र अशक्ततालाई कमाइ खाने भाँडो बनाउन उनलाई रहर छैन । बरु आफ्नो क्षमताले भ्याएसम्म इलम गर्छन् अनि आफ्नै मिहिनेतको कमाइ खान्छन् । भन्छन्, कमाएर होइन तर, रमाएरै बाँचेको छु । 


ADVERTISEMENT

उनको दिन बिहान ४ बजेदेखि शुरु हुन्छ । टेकुबाट पत्रिका बेच्दै उनी वीर अस्पतालको एरियासम्म पुग्छन् । ट्रमा सेन्टरमा पानी राखिदिएर रत्नपार्क हुँदै शहीद गेट अगाडि रोकिन्छन् अनि दिनभरि त्यहीँ  पत्रपत्रिका , पानी, सामान्य खुद्रा सामाग्री बेच्दै बस्छन् ।

मधुमेहका कारण आफ्नो दुवै खुट्टा गुमाएका क्षेत्रबहादुरसँग बस्नलाई भरपर्दो कोठासम्म छैन । टेकुस्थित अम्बे कम्प्लेक्सको कम्पाउन्डमा उनले आफ्नो अ‍ोढ्ने, ओछ्याउने राखेका छन् । काम गरेर फर्किएपछि त्यहीँ सुत्छन् ।

श्रीमतीको मृत्युपछि उनले आफ्ना छोराहरुलाई एक्लैले हुर्काए, बढाए, पढाए । स्वस्थ्य हुन्जेल उनी छोराबुहारीसँगै बसेका पनि हुन् । यद्यपी, मधुमेहका कारण दुवै खुट्टा काटेपछि बुहारीले भनिन्, ‘अब तपाइ आफ्नो लागि आफै व्यवस्था मिलाउनु, हाम्रो घर खाली गर्दिनु ।’ बुहारीको यस्तो कठोर आदेशमा छोरालेपनि मौन स्वीकृति जनाए ।

क्षेत्रबहादुर हुनेखाने परिवारकै हुन् । अहिले पनि काभ्रेमा उनको ९० रोपनी भन्दा बढी पुख्र्यौली जग्गाजमिन छ । उनी आफै पनि प्रहरीका पूर्व हवल्दार हुन् । तर, भाग्यले उनीबाट यी सबै कुरा खोसिदियो जसरी उनीबाट कलिलै उमेरमा उनकी श्रीमती खोस्यो । त्यो जग्गाजमिन कुन अवस्थामा छ, कसले भोगचलान गरिरहेको छ उनलाई थाहा छैन, दुर्भाग्वश प्रहरीको जागिर पनि खोसियो ।

श्रीमतीको मृत्युपछि उनले आफ्ना छोराहरुलाई एक्लैले हुर्काए, बढाए, पढाए । स्वस्थ्य हुन्जेल उनी छोराबुहारीसँगै बसेका पनि हुन् । यद्यपी, मधुमेहका कारण दुवै खुट्टा काटेपछि बुहारीले भनिन्, ‘अब तपाइ आफ्नो लागि आफै व्यवस्था मिलाउनु, हाम्रो घर खाली गर्दिनु ।’ बुहारीको यस्तो कठोर आदेशमा छोरालेपनि मौन स्वीकृति जनाए । त्यस दिनदेखि क्षेत्रबहादुर छुट्टै बस्छन् ।

उनले यस्ता धेरै आरोह अवरोहहरु देखिसके, भोगिसके । त्यसैले भन्छन्, ‘जति दुख पाउनु थियो पाएँ ।  न खानको टुङ्गो छ न त बस्नको । तर, म खुसी छु कसैको सहारामा बाँच्नु परेको छैन ।’

यस्ता स्वाभिमानी र परिश्रमी क्षेत्रबहादुरको खुसी ‘ह्यासट्याग स्माइल’को तेस्रो भागमा प्रस्तुत गरिएको छ ।

Leave a comment