काठमाडौं । नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) क्रिकेटमा एक सय विकेट पूरा गरेर कीर्तिमानी कायम गरेका छन् ।
त्रिवि क्रिकेट मैदानका जारी एसीसी प्रिमियर कपमा ओमानविरुद्धको खेलमा विकेट लिएसँगै सन्दीपले एक सय विकेट पूरा गरेका हुन् ।
सन्दीपले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने विश्व कीर्तिमान कायम गर्दै कीर्तिमानी कायम गर्न सफल भएका हुन् ।
यस अघि एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक कम खेलमा एक सय विकेट लिने कीर्तिमान अफगानिस्तानका राशिद खानको नाममा रहेको थियो । खानले ४४ एकदिवसीय अन्तराष्ट्रिय खेलमा एक सय विकेट पूरा गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया