काठमाडौं । गोर्खा ट्रेल ब्लेजर–२०१९ मा सहभागी हुन नेपाली अल्ट्रा धाविका सिर्जना राई आज ‘बिहीवार’ हङकङ जाँदैछिन् ।
गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छन् । सिर्जना अन्नपूर्ण ट्रेल ‘५० किलोमिटर’ र पोखरा ट्रेल ‘५५ किलोमिटर’ की विजेता हुन् ।
राष्ट्रिय खेलकुद परिषद् ‘राखेप’ अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राई पनि अफिसियलका रुपमा सिर्जनासँगै हङकङ जाँदैछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया