भारतमा बढ्दै कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ६७ हजार नाघ्यो

लोकपथ
49
Shares

काठमाडौं । भारतमा फेरि कोरोना संक्रमण बढ्दो रुपमा रहेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा १० हजार ११२ नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

१० हजार बढी नयाँ संक्रमित भेटिएसँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या पनि ६७ हजार ८०६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण २९ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट कुल मृत्यु हुनेको संख्या ५ लाख ३१ हजार ३२९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?