एजेन्सी । म्यान्चेस्टर सिटी जारी लिग कप फुटबल प्रतियोगिताको फाइनल नजिक पुगेको छ ।
बुधवार राति सम्पन्न भएको सेमिफाइनलको पहिलो लेगको खेलमा सिटीले बुर्टोनलाई ९-० को भारी गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रालाई बलियो बनाएको हो ।
आफ्नो घरेलु मैदान इतिहाड स्टेडियममा भएको खेलमा सिटीका लागि गाव्रियल जेससले ह्याट्रिकसँगै ४ गोल गरे । उनले खेलको ३० औँ, ३४ औँ, ५७ औँ र ६५ औँ मिनेटमा गोल गरेका थिए । त्यस्तै केभि डि ब्रुयनले खेलको पाँचौ मिनेटमा, अलेक्जान्दर जिन्चेन्कोले ३७ औँ मिनेटमा, केल वाल्करले ७० औँ मिनेटमा तथा रियाद मेहेरेजले ८३ औँ मिनेटमा समान एक-एक गोल गरेका थिए ।
म्यान्चेस्टर सिटीले ३१ वर्षपछि फराकिलो जीत हात पारेको हो । यसअघि सन् १९८७ मा सिटीले सेकेन्ड डिभिजनको लिग खेलमा हडर्सफिल्ड टाउनविरुद्ध १०-० गोलको फराकिलो जीत निकालेको थियो ।
अब सिटीले दोस्रो लेगको खेल यहि जनवरी २३ तारिखमा बुर्टोनको घरेलु मैदानमा पिरेल्ली रंगशालामा हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया