माथिल्लो तामाकोशीको शेयर नेप्सेमा सूचिकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा माथिल्लो तामाकोशीको प्राथमिक शेयर सूचिकृत भएको छ । 

नेपाल स्टक एक्चेन्ज र माथिल्लो तामाकोशीबीच दोस्रो बजारमा कारोबारको लागि बिहीवार सम्झैता भएको हो । तामाकोशीको १० करोड ५९ लाख कित्ता प्राथमिक शेयर स्टक एक्सचेन्जमा सूचिकृत भएको हो। 

माथिल्लो तामाकोशीले तीन चरणमा सार्वजनिक शेयर जारी गरेको थियो। पछिल्लो समय सर्वसाधारणको लागि प्राथमिक शेयर जारी गरेसँगै कम्पनीको शेयर कारोबार हुने भएको हो। 

दोस्रो बजारमा सूचिकृत भएसँगै माथिल्लो तामाकोशी सबैभन्दा धेरै शेयरधनी भएको कम्पनी हुने छ। अब कम्पनीमा ८ लाखको हाराहारीमा शेयरधनी हुने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?