शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सक आन्दोलनमा, भन्छन्,‘भोकै पेट कहिलेसम्म काम गर्नु’

काठमाडौं । त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले आजदेखि काम ठप्प पारेर आन्दोलन शुरु गरेका छन् । 

रेसिडेन्ट चिकित्सकहरुले आठ महिनादेखि तलब (स्टाइपेन्ट) नपाएको भन्दै अनिश्चितकालिन आन्दोलन शुरु गरेका हुन् । 

आन्दोलित चिकित्सकहरुले ‘भोकै पेट कहिलेसम्म काम गर्ने हो, अब तलब नपाएसम्म हाम्रो हडताल जारी रहन्छ,’ नारा लगाएका थिए । नेशनल रेसिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. सुमित पांडेले स्वास्थ्य मन्त्रालयले रकम निकासा नगर्दा आफूहरूले तलब पाउन नसकेको बताए ।

रेसिडेन्टहरूको मासिक स्टाईपेन्ड करिव ३४ हजार रूपैयाँ छ भने शिक्षण अस्पतालमा करिव १ सय ८० जना रेसिडेन्ट चिकित्सकहरू छन् । उनीहरुले आठ महिनालेदि तलब नपाएको गुनासो गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?