शेयर बजारमा सामान्य सुधार

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक एक दशमलव ४८ विन्दुले बढेर एक हजार १८० दशमलव ८४ विन्दुमा पुगेको छ । 

यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३९ विन्दुले बढेर २५० दशमलव ६५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १३ लाख ८७ हजार ५९२ कित्ता शेयर रु ३६ करोड ६३ लाख २४ हजार १ सय ६४ मूल्यमा खरीद बिक्री भएको छ । 

स्टकका अनुसार आज कारोवार भएका कूल ११ कम्पनीमध्ये चार उपसमूहको शेयर घटेको छ । यस्तै सात उपसमूहको शेयर भने बढेको छ । होटल एक दशमलव ७८, विकास बैंक छ दशमलव छ, जलविद्युत् दुई दशमलव ३५ र उत्पादन पाँच दशमलव ८२ विन्दुले घटेको छ । 

यस्तै बैंकिङ एक दशमलव ५८, व्यापार दुई दशमलव ५३, वित्त दुई दशमलव ५२, निर्जीवन बीमा २२ दशमलव १७, अन्य एक दशमलव १९, लघुवित्त पाँच दशमलव सात र जीवन बीमा पाँच दशमलव ९६ विन्दुले बढेको छ । 

स्टकका अनुसार सानिमा इक्विटी फण्ड, सर्पोट माइक्रोफाइनान्स, जेविल्स फाइनान्स, तारागाउँ रिजेन्सी होटल, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले कमाएका छन् । यस्तै सिनर्जी पावर डेभलमेन्ट, पूर्णिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, पञ्चकन्या माई हाइड्रोपावर, हिमालयन पावर पार्टनरका शेयरधनीले आज गुमाएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?