कुमारी बैंकले ८.५ प्रतिशत शेयर लाभांश दिने

काठमाडौं । कुमारी बैंकले आफ्ना शेयरधनीलाई ८.५  प्रतिशत शेयर लाभांश दिने भएको छ । 

बैंकले आर्थिक वर्ष २०७४-७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५ सय ७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९ सय ७३ बराबरको आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरी एकीकृत कारोवार गर्दै आएको छ । 

ती वित्तीय संस्थालाई गाभेर गत असार १६ गतेदेखि संयुक्त कारोवार गरेकाले सो मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले सोही अवधारणाका आधारमा लाभांश शेयरमा कर प्रयोजनाका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?