आर्यनलाई लिएर साम्तेनले कमेडी फिल्म बनाउने

काठमाडौं । निर्देशक साम्तेन भुटियाले अभिनेता आर्यन सिग्देललाई लिएर कमेडी फिल्म निर्देशन गर्ने भएका छन् । उनले नयाँ फिल्म निर्माणका लागि आर्यन सिग्देल र भोलाराज सापकोटालाई लिएका छन् ।

हास्य जानरामा निर्माण हुने यो फिल्ममा अभिनेता आर्यन सिग्देललाई आजसम्मकै फरक भूमिकामा देख्न सकिने निर्माण टिमले जनाएको छ । आर्यन यो फिल्ममा पूर्णतः कमेडी भूमिकामा हुनेछन् ।

अहिले फिल्मका बारेमा अन्य केही कुरा नखुलाइए पनि फिल्ममा अन्य कलाकारको छनोटको काम भइरहेको बताइएको छ ।

साम्तेनले निर्देशन गरेको फिल्म ‘अनागत’ को केही समयअघि ट्रेलर रिलिज भएको थियो । भुटियालाई फरक खालका फिल्म निर्देशन गर्ने निर्देशकका रुपमा लिइन्छ । उनले निर्देशन गरेको अर्को चलचित्र ‘सुस्केरा’ पनि रिलिजको तयारीमा छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?