हवाइ इन्धनको मूल्य लिटरमा १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले हवाइ इन्धनको मूलय लिटरमा १० रुपैयाँले घटाएको छ । 

निगमले आन्तरिक हवाइ सेवातर्फको इन्धनमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो  । अहिले एक लिटर इन्धनको भाउ १०४ रुपैयाँ ५० पैसा थियो । अब घटेर ९४ रुपैयाँ ५० पैसामा आएको छ । 

लिटरमा १० रुपैयाँ इन्धनको मूल्य घटेपछि वायु सेवा कम्पनीहरुले आन्तरिक उडानको टिकट मूल्य पनि घटाउने पर्छ ।

नागरिक उड्डयन प्राधिकरण र एयरलाइन्स एसोसिएसन नेपालबीच आज छलफल गरेर हवाइ टिकट मूल्य घटाउने निर्णय हुने जनाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?