रोनाल्डोको ‘डीएनए’ परिक्षण गरिने

एजेन्सी । पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको ‘डीएनए’ परिक्षण गरिने भएको छ । 

लस भेगासको प्रहरीले बलात्कारको आरोप लागेका रोनाल्डोको ‘डीएनए’ नमुना दिन आग्रह गरेका हुन् । बलात्कारको आरोप खेपिरहेका रोनाल्डोको ‘डीएनए’ टेस्ट अनुसन्धानका लाथि थप मदत गर्ने एस भेगास प्रहरीले जनाएको छ ।

रोनाल्डोका ३३ वर्षे वकिल पिटर एस क्रिस्टियनसेनले प्रहरीले रोनाल्डोलाई विनम्र अनुरोधका साथ ‘डीएनए’ नमुना दिन आग्रह गरेको बताए । 

सन् २००९ मा लस भेगासमा रोनाल्डोमाथि अमेरिकी महिला क्याथ्रिन मेयार्गाले बलात्कार गरेको आरोप लगाएकी थिइन् । तर, यो सबै गतल भएको रोनाल्डोले बताउँदै आइरहेका छन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?