कोपा डेल रे फुटबल : पहिलो लेगको खेलमा बार्सिलोना पराजित

एजेन्सी । बार्सिलोना जारी स्पेनिस कोपा डेल रे फुटबल प्रतियोगितामा पराजित भएको छ ।

बिहीवार राति सम्पन्न भएको अन्तिम १६ को पहिलो लेगको खेलमा बार्सिलोना लेभान्टेसँग २-१ गोल अन्तरले पराजित भएको हो । खेलको चार मिनेट पनि बित्न नपाउँदै लेभान्तेका लागि काबाकोले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए ।

त्यस्तै १८ औँ मिनेटमा मोयोरलले गोल गर्दै क्लबको अग्रतालाई दोब्बर पारे । खेलको पहिलो हाफसम्म २-० गोल अन्तरले अगाडि रहेको लेभोन्तेले दोस्रो हाफमा भने गोल गर्न सकेन ।

प्रतिस्पर्धात्मक बनेको खेलको ८५ औँ मिनेटमा बार्सिलोनाका लागि कौटिन्होले गोल गर्दै खेललाई २-१ को स्थितीमा ल्याए । निर्धारित समयसम्म बार्सिलोनाले गोल गर्ने केही मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहो-र्यो ।

हारसँगै बार्सिलोनालाई अघिल्लो चरणमा पुग्न दोस्रो लेगको खेल जित्नै पर्ने दवाव रहेको छ । बार्सिलोनाले अर्को साता दोस्रो लेगको खेल आफ्नै घरेलु मैदान क्याम्प नाउमा खेल्नेछ । 

त्यस्तै बिहीवार राति नै भएको अर्को खेलमा सेभियाले एथ्लेटिको बिल्बाओलाई ३-१ गोल अन्तरले हरायो । यता रियल बेटिस र रियल सोसिडाटबीचको खेल भने गोलरहित बराबरीमा सकिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?