टी-ट्वान्टी महिला क्रिकेट: नेपाली टोली चीन प्रस्थान, उद्घाटन खेलमा चीनको सामना गर्ने

काठमाडौं । थाइल्याण्डमा हुने महिला टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला टोलीले चीनको सामना गर्ने भएको छ । 

भोलि ‘शनिवार’देखि आगामी माघ ५ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विभिन्न १० टोलीले सहभागिता जनाउँदै छ ।  सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपालसहित चीन, संयुक्त अरब इमिरेट्स ‘युएई’, मलेसिया र थाइल्याण्ड छन् भने समूह ‘बी’ मा हङ्कङ, थाइल्याण्ड, इण्डोनेसिया, भुटान र म्यानमार रहेका छन् । 

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स ‘युएई’सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहमा शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । 

नेपाली टोलीमा कप्तानको भूमिका रुविना क्षेत्री रहेकी छिन । त्यस्तै उपकप्तानको जिम्मेवारी सीता रानामगरले पाएकी छिन । त्यसैगरी टोलीको अन्य सदस्यमा करुणा भण्डारी, डोली भट्ट, ममताकुमारी चौधरी, बिन्दु रावल, सरिता मगर र नेरी थापा छन् ।

अन्य खेलाडीहरुमा इन्दु बर्मा, सोनु खड्का, आरती बिडारी, काजल श्रेष्ठ, रोमा थापा, कविता कुँवर छन्। वैकल्पिकतर्फ रीताकुमारी कञ्जुनिया, सुमन विष्ट र सवनम राई छन् । टोलीको प्रशिक्षकमा विनोद दास रहेका छन्।

प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली शुक्रवारै चीन प्रस्थान गरिसकेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?