डिएसपीको परिचयपत्र देखाएर अपराध गर्ने पक्राउ

काठमाडौं । नेपाल प्रहरीको डिएसपी भन्दै अपराधिक गतिविधिमा संलग्न बालकोट निवासी अनिल थापा, ३५, लाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको छ ।

थापा विगत १४ दिनदेखि कमलादीस्थित तिरुपति होटलको २०३ नम्बर कोठामा बस्दै आएका थिए । उक्त होटलमा उनले डिएसपीको परिचयपत्र देखाएर रबाफ देखाउँदै अभद्र किसिमको व्यवहार गर्दै आएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरिक्षक होविन्द्र वोगटीले जानकारी दिए । त्यस्तै थापाले ठमेल, दरबारमार्ग लगायत राजधानीका विभिन्न होटल तथा रेस्टुरेन्टहरुमा पनि ‘डिएसपी हुँ’ भन्दै धम्काउँदै हिँडेको वोगटीले बताए ।

विशेष सूचनाको आधारमा बिहिवार राती होटल तिरुपतिबाट नियन्त्रणमा लिएको थापालाई प्रहरीले पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?