माघ पहिलो साता पार्टी एकता टुंगो लाग्छ : गृहमन्त्री थापा

वीरगञ्ज । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को एकता छिट्टै टुंगो लाग्ने बताएका छन् । 

शुक्रवार नेकपा पर्साको पार्टी कार्यालयमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले माघ पहिलो सातासम्म पार्टी एकता प्रक्रिया टुंगो लाग्ने बताएका हुन् । 

नेकपाका सचिवालयको सदस्यसमेत रहेका गृहमन्त्री बादलले पर्सा लगायत देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या रहेको बताउँदै उनले भने, ‘हामीलाई थाहा छ पर्सालगायत देशका केही जिल्लामा एकता प्रक्रियामा समस्या छ, एकता प्रक्रियाको बाँकी काम यही महिनामा पूरा गर्ने र ढिलामा माघ पहिलो सातासम्ममा एकताका बाँकी काम पूरा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?