नुवाकोट, ७ कात्तिक–आगामी मंसिर १० गतेको निर्वाचनका लागि प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका रमेश कुमार महतको उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको छ ।सरकारी नियुक्ति लिएका व्यक्तिले उम्मेदवारी दिएको भन्दै उम्मेदवारी खारेजीको माग गर्दै विदुरस्थित १ नम्बर निर्वाचन अधिकृतको कार्यालयमा एमालेका उम्मेदवार वद्री मैनालीका प्रतिनिधि ज्ञानवहादुर तामाङले उजुरी हालेका हुन् ।उनको नुवाकोटको निर्वाचन क्षेत्र नम्बर १ (ख) को लागि कांग्रेसबाट उम्मेदवारी परेको छ ।राजनीतिक नियुक्ति र सरकारी सुविधा लिइरहेका कारण उम्मेदवारी खारेजीको माग गर्दै उजुरी परेको निर्वाचन अधिकृत गोपाल लामिछानेले बताए ।महत कांग्रेस प्रभावशाली नेता डा रामशरण महतका भजित हुन् भने उनी कृषि विकास वैंक सञ्चालक समितिका सदस्य भएको बताइन्छ ।दावी उजुरी र वचाउका लागि मंगलवार दुवै पक्षलाई कार्यालयमा आवश्यक कागजपत्रसहित उपस्थित हुन निर्देशन दिइएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया