सनराइज बैंकको ६ प्रादेशिक कार्यालय, पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका ६ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको छ । 

बैंकले आज प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लाहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेशको अत्तरियामा आफ्ना प्रादेशिक कार्यालय स्थापना गरेको जनाएको छ । 

प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखाको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासनको साथै व्यापार विस्तारका कार्य छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

प्रादेशिक कार्यालयको सामूहिक उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगड, सञ्चालक बच्छराज तातेड, सञ्चालक ज्योतिकुमार बेगानी, सञ्चालक ओमकृष्ण जोशी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्त रुपमा गरे । 

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले १०२ शाखा, २८ शाखारहित बैंकिङ सेवा, चार एक्सटेन्सन काउण्टर, ११४ एटिएममार्फत आफ्ना पाँच लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?