मुक्तिनाथ बैंकद्धारा दुर्घटना बीमावापत १० लाख हस्तान्तरण

लोकपथ
56
Shares

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले स्वर्गीय जयप्रकाश घर्तिको परिवारलाई बीमा दाबी भुक्तानी वापत १० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

सवारी दुर्घटनामा परि ज्यान गुमाएका कोहलपुर न.पा. ११ का घर्तिको परिवारलाई सो रकम उपलब्ध गराएको हो ।

स्वर्गीय घर्तीले बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेका कारण उनको परिवारले आज बीमा दाबी भुक्तानी वापत केही राहत पाएका हुन् । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेडसँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

बैंकले बुधबारका दिन कोहलपुर न.पा. ११ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको हो ।

उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् । सोही कार्यकक्रमा अन्य जनप्रतिनिधीहरु, पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारी, बैंकका कर्मचारीहरु र स्थानीय व्यक्तिहरुको उपस्थिती रहेको थियो । हाल बैंकको परिवार लक्षित एक करोड एक लाख रुपैंयाँसम्मको बीमा सुविधा दिने मुक्तिनाथ आर्शिवाद बचत खाता पनि निकै लोकप्रिय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?