एक अर्बको लगानीमा प्रहरी भवन

हेटौडा– प्रदेश नंं ३ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले रु एक अर्ब १३ करोडको लागतमा दश जिल्लामा ४६ प्रहरी भवन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीका लागि भवन नहुँदा समस्या भएकाले नयाँ भवन निर्माण गर्न लागिएको सो मन्त्रालयले जनाएको छ । प्रदेश नं ३ प्रहरी कार्यालयअन्तर्गत सिन्धुलीमा ६, धार्दिङमा ३, चितवनमा ५, मकवानपुरमा ७, नुवाकोटमा ३, दोलखामा ४, रामेछापमा ५, काभ्रेपलाञ्चोकमा ६, रसुवामा ४ र सिन्धुपाल्चोकमा ५ प्रहरी चौकी निर्माण गरिने आन्तरिक मामिलामन्त्री शालिकराम जमरकट्टेलले बताए ।

“प्रहरीलाई साधन स्रोत सम्पन्न बनाउन भवन निर्माण गर्न लागिएको हो,” उनले भने । सशस्त्र द्वन्द्वका समयमा ७३८ प्रहरी भवन क्षतिग्रस्त भएका थिए । प्रदेश नं ३ मा भूकम्पबाट समेत १९६ प्रहरी भवन क्षतिग्रस्त भएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?