पार्टी विभाजनपछि बोल्यो साझा विवेकशील पार्टी

काठमाडौं–विवेकशील साझा पार्टीले उज्वलबहादुर थापाको नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु दुःखद् भएको जनाएको छ ।

पार्टीका प्रवक्ता डा सूर्यराज आचार्यले आज जारी गरेको विज्ञप्तिमा लाखौँ नेपाली नागरिकले आशा र विश्वासका साथ पार्टीलाई हेरेको परिस्थितिमा उक्त घटना दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।


ADVERTISEMENT

यही पुस ३० गते हुन लागेको केन्द्रीय समितिको बैठकको तयारी गरेको अवस्थामा केही केन्द्रिय सदस्यले छुट्टै दल दर्ताका लागि निवेदन दिएको घटनाले पार्टीलाई आश्चर्यचकित बनाएको उक्त विज्ञप्तिमा पार्टीका सबै प्रदेश तथा जिल्ला संयोजक आ–आफ्नै जिम्मेवारीमा यथावत् क्रियाशील रहेको जनाइएको छ ।
पछिल्लो विकसित घटनाक्रमबाट संपूर्ण पार्टी सदस्य, पार्टी अभियानकर्ता, सम्पूर्ण शुभेच्छुकलाई विचलित नभई जिम्मेवारीप्रति सचेत रहन पार्टीले आग्रह गरेको छ ।

 

Leave a comment