तस्बिरमा हेर्नुहोस् नेपाल भर्सेस कतार

लोकपथ
63
Shares

काठमाडाैं । एसीसी प्रिमियर लिगको अन्तिम खेलमा कतारलाई पराजित गर्दै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । टियु मैदानमा भएको खेलमा नेपाल ६८ रनले विजयी भएको हो ।

नेपालले दिएको १ सय ५८ रनको लक्ष्य पछ्याएको कतारले २५ दशमलब १ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो।

कतारका लागि तीन खेलाडीले मात्र दोहारो अंकमा रन बनाए । खुर्रम शाहजाद र जाहिर ईब्राहिमले समान १५-१५ तथा अमिर फरिकले १४ रन बनाए ।

नेपालका लागि सन्दपि लामिछानेले ५ तथा सोमपाल कामीले ३ विकेट लिए । ललितनारायण राजवंशीले २ विकेट लिए ।चार खेलमा तीन जित र एक खेलमा अंक बाडेको नेपाल समूह ए को शीर्ष स्थानमा रहदै सेमिफाइनल पुगेको छ ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?