कस्तो रहला आजको मौसम? यसो भन्छन् मौसमविद्

काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको मौसम आज पनि बदली रहने भएको छ । 

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी पहाडी क्षेत्रको मौसम बदलीको अवस्था रहने भएको हो । पश्चिमदेखि पूर्वका पहाडी क्षेत्रको मौसम बदली रहने मौसमविद सुजन सुवेदीले जानकारी दिए । 

पश्चिमको क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्का पानी पर्ने सम्भावना रहेको उनले बताए । यस्तै काठमाडौंसहित मध्य तथा पूर्वका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । 

तराईका क्षेत्रमा भने बिहानमा हुस्सु तथा कुहिरो लागेको छ र दिउँसो भने मौसम सफा नै रहने देखिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?