कङ्गोमा प्रतिद्वन्दी दलद्वारा पुनः मतगणनाका लागि अदालत जाने

किन्शास । कङ्गोमा हालै भएको राष्ट्रपतीय निर्वाचनमा दोस्रो भएको पार्टीले पुनः मतगणना गर्न माग गर्दै अदालतमा मुद्दा दर्ता गराउने भएको छ । 

निर्वाचनमा आफ्नो पार्टीले ६१ प्रतिशत मत पाएको भएपनि मतगणनामा धाँधली भएको भन्दै दोस्रो ठूलो पार्टीले संवैधानिक अदालतमा मुद्दा दिन लागेको हो । 

‘पुनः मतगणनाको माग गर्दै हामी शनिबार संवैधानिक अदालतमा जान लागेका छौ,’ पार्टीका नेता मार्टिन फायुलुले आफ्ना समर्थकहरूको र्यालीमा शुक्रबार भने । 

गत बिहिबार घोषणा गरिएको निर्वाचन परिणाममा फेलिक्स टीसिसेकेडीले ३८।५७ प्रतिशत मत ल्याएर विजयी भएको र फयुलुले ३४।८प्रतिशत मत ल्याएर दोस्रो भएको घोषणा गरिएको थियो । 

वर्तमान राष्ट्रपति जोसेफ काबिलाको समर्थनमा उम्मेदबार बन्नु भएका इम्मानुयल रमजानी शडारीले भने २३।८ प्रतिशत मत ल्याएर तेस्रो भएका थिए । 

घोषित निर्वाचनले धेरैलाई चकित बनाएको समाचारमा जनाइएको छ । निर्वाचन अघि धेरैले फायुलुले नै निर्वाचन जित्ने दावी गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?