एजेन्सी । चाउ वाई चुएन, एक ८० वर्षको वृद्ध हुन् । सामान्य तथा ८० वर्ष पुगेका वृद्धवृद्धालाई हिड्डुल गर्न, खाना खान र राम्ररी उठबस गर्न पनि सक्दैनन् । प्राय जसो सबै उमेरले डाडा काटिसकेका वृद्धवृद्धा अनेक थरीका रोगले थलिएर घरैमा बस्छन् ।
तर, उनको कथा भने विल्कुलै फरक छ । चाउको उमेर ८१ वर्ष भयो, उनी फूर्तिका साथै दैनिक अभ्यास गर्छन्, साथै मज्जाले दौडिन्छन् । उनले प्राय जसो सबै एथलेटिक्स प्रतियोगितामा सहभागिता पनि जनाउछन् । उनलाई अहिलेसम्म कुनै रोगले सताएको छैन ।
दौडसँग अथाह प्रेम गर्ने उनले दौडिन थालेको मात्र चार दशक नाघिसकेको छ । ‘जब म मैदानमा पुग्छु, मैले आफ्नो उमेर नै बिर्सन्छु, र अरु युवासँगै दौडिन्छु’, उनले भने ।
साथै उनले अझै १० वर्षसम्म दौडिन सक्ने आत्मविश्वास रहेको समेत जानकारी दिए । हरेक मंगलवार, बिहीवार र शुक्रवार बेलुका ४ बजेपछि मात्र अभ्यासका लागि मैदानमा जाने गरेको पनि बताए । ‘मैदानमा पुग्ने बित्तिकै एक्कासी अभ्यास गर्दिन्, पहिले वार्मअप गर्छु, केही समय विस्तारै यताउती हिड्डुल गर्छु, त्यसपछि मात्र दौड्न शुरु गर्छु’, उनले थपे ।
चाउ हरेक अभ्यासका क्रममा १० किलोमिटर दौड्ने पनि उनले बताए । ‘म दौड शुरु गरेपछि बीचमा विश्राम लिदिन, लास्ट इन्डिङ प्वाइन्ट नआइपुग्दासम्म म निरन्तर दौडिरहन्छु, जब हिँड्न थालिन्छ तब हारिन्छ’, उनले बताए ।
वृद्ध उमेरमा पनि चाउले केही प्रतियोगिताको उपाधि जितिसकेका छन् । उनले हरेक महिना आयोजना हुने कुनै न कुनै प्रतियोगितामा भाग लिइरहन्छन् । कहिले उकाली त कहिले ओरालो बाटोमा दौड्ने चाउ निक्कै स्फुर्त देखिन्छन् । उनले सन् १९७९ देखि दौड्न शुरु गरेका थिए ।
‘यसरी दौडियो भने शारीरिक र मानसिक रुपमा स्फुर्ति पाइन्छ, साथै दौडियो भने स्वस्थ भइन्छ’, उनले थपे ।
किशोरावस्थामा नै उनले एक रेस्टुेन्टमा काम गर्न थालेका थिए । त्यसपछि घर बनाउने ज्यामीदेखि डाइभरसम्मको काम गरे । एक दिन कामबाट फर्केदा चक्कर लाग्ने, घुँडा दुख्ने, स्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखा परेको उनले बताए । जति औषधी उपचार गर्दा पनि ठिक नभएपछि उनले बिस्तारै दौड्न थाले । दौड्दै जादाँ पछि ती सबै रोग बिस्तारै निको भएको पनि उनले जानकारी दिए ।
चाउ दौडसँगै खेल संघसंस्थामा समेत आवद्ध भए । केही महिना अगाडि मात्र उनले हङकङ मास्र्टस एथ्लेटिक्स च्याम्पियनसिपमा एक सय, २ सय, ४ सय, ८ सय तथा एक सय मिटर रिले दौडमा प्रतिस्पर्धा गरेका थिए । साथै उनले ४२ किलोमिटरको म्याराथनमा दौड्ने शाहस देखाउँदा सबै दर्शक चकित समेत परेका थिए । उनले ७५ वर्षको उमेरमा पहिलो पटक थाइल्याण्ड म्याराथनमा सहभागिता जनाएका थिए ।
‘म सँग ३५ डिग्री सेल्सियस तामक्रममा पनि दौड्ने शाहस छ’, उनले थपे । सन् २०१८ मा नै चाउले २१ किलोमिटरको दौड सफलता पूर्वक सम्पन्न गरे । उनले उक्त दौड तीन घण्टा समयमा पुरा गरेका थिए ।
‘सन् २०१८ मा १० भन्दा बढि प्रतियोगितामा सहभागी भए, मलाई लाग्छ वृद्ध उमेरका अरु मानिसहरुले पनि आफ्नो शारीरिक अभ्यासमा ध्यान दिन जरुरी छ’, चाउले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया