के साच्चै कांग्रेस नेता सोनिया गान्धी ब्रिटेनकी महारानी एलिजाबेथ भन्दा धनी छिन् ?

एजेन्सी । भारतीय जनता पार्टीकी प्रवक्ता अश्विनी उपाध्यायले टाइम्स अफ इंडियाको एक पुरानो आर्टिकलको लिकं शेयर गरेकी थिइन् । जुन आर्टिकल अहिले सामाजिक सञ्जालमा तिब्र गतिमा शेयर भईरहेको छ ।

सन् २०१३ मा ‘कांग्रेसकी नेता सोनिया गान्धी ब्रिटेनकी महारानी एलिजाबेथ भन्दा पनि धेरै धनी छिन्’ भन्ने शिर्षकमा आर्टिकल छापिएको थियो । 

यस आर्टिकललाई ट्वीट गर्दै प्रवक्ता उपाध्यायले लेखिन्, ‘कांग्रेसकी सोनिया गान्धी ब्रिटेनकी महारानी एलिजाबेथ र कांग्रेसका सुल्तान ओमानका सुल्तान भन्दा पनि धनी छन्, भारत सरकारले छिटो भन्दा छिटो कडा कानुन बनाई यिनीहरुको यो कालो सम्पतीलाई जफत गरी आजिवन  कारावासको सजाय दिनु आवश्यक छ ।’ 

आफ्नो उक्त ट्वीटमा उपाध्यायले हालका प्रधानमन्त्री नरेन्द्र मोदी लगायत प्रधानमन्त्रीको कार्यलय ‘पीएमओ’का अधिकारीहरुलाई पनि ट्याग गरेकी छिन । तीन हजारभन्दा बढी मानिसहरुले यस कुरालाई लाइक गरेका छन् र पून ट्वीट पनि गरेका छन् ।

फेसबुक ग्रुप र पेजमा पनि यस आर्टिकललाई धेरैले शेयर गरेका छन् । यहाँका मानिसहरुले पनि अनैतिक रुपमा भारतकी सबैभन्दा धनी नेता सोनिया गान्धीको बिरोधमा कारबाहीको माग गरिरहेका छन् । 

दिल्ली भाजपाका शोसल मिडिया र आईटी प्रमुख पुनीत अग्रवालले समेत टाइम्स अफ इंडियामा प्रकाशित यस आर्टिकलको शेयर गरेका छन् । साथै यसलाई एक चुनावी मुद्दा बनाउने कोशिश समेत गरिरहेका छन् । अग्रवालले लेखेका छन्, ‘कतिवटा च्यानलले अब यस मुद्दाको विषयमा काम गर्छ, आखिर कहाँबाट कांग्रेसले यति धेरै कमाइ ग-यो? कांग्रेसको कमाइको स्रोत के हो ?”

तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीले यि सबै कुरालाई गलत साबित गरिदियो । साथै ‘टाइम्स अफ इंडियामा लेखिएको उक्त आर्टिकलले दिइएको तथ्यांकको रिपोर्ट केहि समय पछि फेरिएको थियो भने सोनिया गान्धीको नाम लिस्टबाट हटाइएको थियो । 

सन् २०१३ डिसेम्बर २ मा छापिएको टाइम्स अफ इंडियाको यस आर्टिकलमा यी कुराहरु लेखिएका थिए ।

– पोष्ट गरिएको रिपोर्टको अनुसार सोनिया गान्धी दुनियाँको १२ औँ स्थानमा पर्ने सबैभन्दा धनी नेता हुन् ।

– सोनिया गान्धीसँग करीब २ अर्ब अमेरिकी डलर सम्पत्ती छ । 

– यो भन्न सकिन्छ की उनीसँग जति पैसा छ, यसका आधारमा उनी ब्रिटेनकी महारानी, ओमानका सुल्तान र सिरियाका राष्ट्रपति भन्दा पनि धनि छिन् ।

– २० नेताहरुको सूचीमा विश्वका अरु सबैभन्दा धनी नेताहरु मध्ये पूर्वी देशबाट उनी हुन् । 

प्रवक्ता उपाध्यायले सन् २०१५ मा पनि एक पटक यो आर्टिकललाई शेयर परि सकेकी थिइन् ।  यस रिर्पोटको आधारमा यो खबर छाप्ने संस्था टाइम्स अफ इंडिया मात्र थिएन । सन् २०१३ मा यो रिपोर्ट अगाडि आएपछि भारतका केहि स्थानिय सञ्चारमाध्यम संस्थाहरुले दुनियाँको सबैभन्दा धनी नेताको श्रेणीमा सोनिया गान्धी रहेको समाचार प्रकाशित गरेको थियो ।

सन् २०१४ को लोक सभा चुनाव हुनु अधि यस आर्टिकललाई धेरैले शेयर गरि सोनिया गान्धीलाई भ्रष्ट नेता भएको आरोप समेत लगाएका थिए । सन् २०१३ नोभेम्बर २९ तारिखमा हफिग्टन पोष्टमा सबै भन्दा धनी नेताहरुको नाम र उनीहरुको तस्वीर समेत छापिएको थियो । तत्कालीन कांगे्रस अध्यक्ष सोनिया गान्धीको नाम १२ औँ स्थानमा थियो तर, केहि समयपश्चात उनको नाम लिस्टबाट हटाइएको थियो । 

सन् २०१४ को लोकसभा चुनावको लागि जब सोनिया गान्धीले आफ्नो नाम दर्ता गराएकी थिइन् । त्यतिबेला उनीले आफ्नो सबै सम्पती विवरणमा समेत लेखेकी थिइन् । उनीसँग कुल मिलाएर जम्मा १० करोड बराबरको सम्पत्ती छ । यस्तो कुनै आधिकारीक दस्तावेज छैन । गान्धी ब्रिटेनकी महारानीभन्दा धनी छिन भनेर ?

टाइम्स अफ इंडियाले समेत केहि भारतीय न्यूज साइट्समा पोष्ट गरिएको यस रिर्पोटलाई सच्याएर पुनः प्रकाशित ग-यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?