काठमाडौं । थाइल्याण्डमा जारी टी–२० स्मास क्रिकेट प्रतियोगिता अन्तर्गतको पहिलो खेलमा नेपालले चीनलाई १० विकेटले हराइको छ ।
शनिवार भएको पहिलो खेलमा चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले ८ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । नेपालको जितमा सिता राना मगरले अविजित २३ रन जोड्दा काजल श्रेष्ठले अविजित १४ रन जोडिन् ।
यसअघि टस हारेर ब्याटिङ गरेको चीनले पूरै २० ओभरमा ६ विकेट गुमाएर ४८ रन बनाउन सक्यो । चीनका लागि झाङ चानले १३ रन जोडिन् ।चीनलाई सस्तै
मा समेट्न नेपालका करुणा भण्डारीले ३ तथा नेरी थापाले २ विकेट लिइन् । सिता रानाको नाम एक विकेट रह्यो ।
जितसँगै समूह ‘ए’ मा रहेको नेपालले सेमिफाइनल पुग्ने सम्भावना कायम राखेको छ । नेपालले समूहमा २ अंक जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतवार मलेसियासँग खेल्नेछ भने सोमवार युएई र बुधवार थाइल्याण्डसँग प्रतिस्पर्धा गर्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया