काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको छ ।
एन्फाले फुटबल विकास र विभिन्न फुटबल गतिविधि संचालन गर्न एक वर्षका लागि साउदी अरेबिया फुटबल महासंघसँग सम्झौता गरेको हो ।
साउदी भ्रमणमा रहेका एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ र साउदी अरेबिया फुटबलका अध्यक्ष यासेर अल मिसेहलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
फुटबलको पारस्परिक हित, प्रवर्द्धन, विकास र सफलताका लागि दुई फुटबल संघबीच सुदृढ सम्बन्ध विकास गर्न तथा विभिन्न क्षेत्रमा सहकार्य र सहयोगको रूपरेखा तय गर्नु सम्झौताको उद्देश्य रहेको एन्फाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया