काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा अहिले नेपाल र कुवेत भिड्दै छन् । टियु मैदानमा जारी खेलमा टसमा जितेर कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
जारी खेलमा नेपालको चौथौँ विकेट पतन भएको छ । चौथौँ विकेटमा नेपालका कुशल मल्ल आउट भएका हुन् । उनले ५७ रन जोडेर आउट भएका हुन् ।
नेपालले २८.३ ओभरमा ४ विकेट गुमाउदै १ सय ८९ रन जोडेको छ ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया