काठमाडौं । एसीसी प्रिमियर कपको पहिलो सेमिफाइनल खेलमा अहिले नेपाल र कुवेत भिड्दै छन् । टियु मैदानमा जारी खेलमा टसमा जितेर कुवेतले बलिङ रोजेपछि नेपालले ब्याटिङ गरिरहेको छ ।
जारी खेलमा नेपालले २०१ रन बनाएको छ । नेपालले ३१.५ ओभरमा ४ विकेट गुमाउदै २ सय १ रन पूरा गरेको हो ।
हाल रोहित र आरिफले ब्याटिङ गरिरहेका छन् ।
नेपाल समूह ए को विजेता र कुवेत समूह बी को उपविजेताको रुपमा सेमिफाइनलमा स्थान बनाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया