काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुको कुल निक्षेप ५४ खर्ब ४९ अर्ब रुपैंयाँ कायम भएको छ ।
नेपाल राष्ट्र बैंकले पछिल्लो अपडेट गरेको यही बैशाख १२ गतेसम्मको तथ्यांक अनुसार सञ्चालमा रहेका २१ वटा बाँणिज्य बैंक, क्षेत्रिय तथा राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स सहितका कुल ५५ वटा संस्थाहरुले उक्त परिमाणमा निक्षेप संकलन गरेका हुन् ।
राष्ट्र बैंकका अनुसार यस अवधिमा बाँणिज्य बैंकहरुले मात्र संकलन गरेको कुल निक्षेप रकम ४८ खर्ब तीन अर्ब रुपैंयाँ रहेको छ भने बिकास बैंक तथा फाईनान्स कम्पनीहरुले संकलन गरेको कुल निक्षेप रकम छ खर्ब ४६ अर्ब रुपैंयाँ रहेको छ । बैंक तथा फाईनान्स कम्पनीहरुल प्रवाह गरेको कुल कर्जा रकम भने पछिल्लो अवधिमा ४८ खर्ब ४५ अर्ब रुपैंयाँ पुगेको छ ।
उक्त कर्जा मध्येमा बाँणिज्य बैंकह्रुले मत्र प्रवाह गरेको कुल कर्जा रकम ४२ खर्ब ९५ अर्ब र बिकास बैंक र फाईनान्स कम्पनीहरुले प्रवाह गरेको कुल कर्जा रकम पाँच खर्ब ५० अर्ब रुपैंयाँ पुगेको छ । राष्ट्र बैंकका अनुसार पछिल्लो अवधिमा बैंक तथा फाईनान्स कम्पनीहरुको कर्जा निक्षेप अनुपात अर्थात सिडी रेसियो ८५ दशमलव ४४ प्रतिशत रहेको छ । यस अवधिमा बैंकिङ क्षेत्रको अन्तर बैंक कारोबारको औषत व्याजदर भने सात प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया