शर्माको नेतृत्वमा क्षेत्र नं. ४ कमिटी गठन

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले शुभ शर्माको अध्यक्षतामा १६ सदस्यीय काठमाडौं क्षेत्र नं. ४ कमिटी गठन गरेको छ ।

उपाध्यक्ष अर्जुन गुरुङ, रुपेश केसी र राजेश श्रेष्ठ, सचिवमा दीपेन्द्र पुडासैनी, सह–सचिवमा बाबुराम काफ्ले र कोषाध्यक्षमा एनथोनी खान रहेका छन् । विनोद बुढाथोकी, विनोद प्रजापति, मोहन गुरुङ, जगत लामा, सनिश नेपाली, रोहित ढुंगेल, सुशान लामा, बुलेट छिरिङ शेर्पा र जितेन मगर सदस्यमा चयन भए ।

उनीहरुलाई मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठ, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुवराज न्यौपाने लगायतले बधाइ दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?