राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीको ह्याट्रिक

लोकपथ
21
Shares

लुम्बिनी प्रदेशले १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधिमाथि ह्याट्रिक ग¥यो । लुम्बिनीले ११ औं संस्करणमा २० स्वर्ण तथा १२ औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो ।

युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा बागमती प्रदेश १० स्वर्ण, १६ रजत र १३ कांस्यसाथ दोश्रो भयो । तेश्रो स्थानको कोशी प्रदेशले ७ स्वर्ण, ५ रजत र ११ कांस्य हात पा¥यो ।

सुदूरपश्चिम प्रदेश ६ स्वर्ण, ११ रजत र १८ कांस्यसहित चौथो, कर्णाली प्रदेश ४ स्वर्ण, ३ रजत र १० कांस्यसहित पाँचौं तथा गण्डकी प्रदेश ३ स्वर्ण, ६ रजत र ५ कांस्यसहित छैटौं स्थानमा रहे । सातै प्रदेश सहभागी प्रतियोगितामा स्वर्णविहीन मधेश प्रदेश सातौं भयो । मधेशले २ रजत र ६ कांस्य हात पा¥यो ।

विजेतालाई राखेपका उपाध्यक्ष शिव कोइराला, प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकी प्रदेशका सदस्य–सचिव घनश्याम पौडेल, राखेपका सदस्य प्रकाश कुसारी, जनक बर्तौला, चन्द्राबदना राई, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, उसु र तेक्वान्दो गरी ६ खेलमा प्रतिस्पर्धा भएको थियो । ६ खेलमा सातै प्रदेशका ६ सय ५८ खेलाडी सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?