अमेरिकी राष्ट्रपति निर्वाचनका लागि जुलियन कास्त्रो र तुल्सी गावार्डको उम्मेदवारी

काठमाडौं । अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपति निर्वाचनको उम्मेदवार छनोटका लागि प्रतिपक्ष डेमोक्रेटिक पार्टीका नेताहरुको कसरत शुरु भएको छ । 

राष्ट्रपति निर्वाचनको लागि नेता जुलियन कास्त्रोले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् भने ३७ वर्षीया नेतृ तुल्सी गावार्डले आफ्नो उम्मेदवारी यही साता घोषणा गर्ने बताएकी छन् । 

यद्यपि पार्टीको आन्तरिक निर्वाचन पछि राष्ट्रपतिको उम्मेदवार तय हुनेछ । 

पार्टीले कास्त्रोलाई उम्मेद्वार बनाए उनी राष्ट्रपतिका लागि पहिलो ल्याटिन अमेरिकी मुलका नागरिक बन्ने छन् । 

यसैगरी गाबार्ड छनोट भए पहिलो हिन्दु उम्मेदवार हुनेछन् । 

आन्तरिक निर्वाचनमा जित हात पार्ने दुई मध्ये एकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिनेछन् । ट्रम्प रिपब्लिकनबाट एक्ला उम्मेद्वार छन् ।

त्यस्तै डेमोक्रेटबाटै पूर्व सासंद जोन डेलाने र माथिल्लो संसद सदस्य एलिजावेथ वारेनले पनि राष्ट्रपति निर्वाचमा उम्मेदवारी सहभागी हुने बताउँदै आएका छन् । तर, अहिलेसम्म उम्मेदवारी दिने नदिने भन्ने टुंगो लागेको छैन । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?