काठमाडौं । थाइल्याण्डमा जारी महिला टी-ट्वान्टी स्म्यास क्रिकेट प्रतियोगितामा मलेसियाद्वार नेपालसाम् ६२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
थाइल्याण्डको क्रिकेट मैदानमा टस जितरे पहिले ब्याटिङ गरेको मलेसियाले १९ दशमदब ३ ओभरमा सबै विकेट गुमाउँदै ६१ रनको योगफल तयार पारेको थियो । मलेसियाका लागि दुई खेलाडीले दोहोरो अंक बनाउन बाहेक अन्य ब्याट्स विमेनले खासै रन जोड्न सकेनन् ।
नेपालविरुद्धको दोस्रो खेलमा शुरुवाती समयमा नै मलेसियाले ५ रन बनाएको स्थितीमा पहिलो विकेट गुमाएको थियो । त्यस्तै २४ रन बनाउँदा मलेसियाले द ोस्रो विकेट गुमायो । नेपालको बलियो बलिङमा २७ रन बनाउँदा मलेसियाले ४ विकेट खेल फालेको थियो ।
मलेसियाका लागि सियो जीन इले सर्वाधिक १२ तथा युजरीना याकोपले ११ रन बनाइन् ।
त्यस्तै एलसि यासमिन ९ रन बनाउँदै पेभेलियनमा फर्किन् । मलेसियाको पारी ध्वस्त पार्ने क्रममा नेपालका लागि नेरी थापाले एकै ओभरमा दुई विकेट लिन सफल भएकी थिइन् । त्यस्तै सरिता मगरले चार, नेरी थापा, कविता कुवर र इन्दु बर्माले समान दुई-दुई विकेट लिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया