काठमाडौं । काठमाडौंमा जारी एसीसी प्रियिर कपको फाइनल खेल राकिएको छ । कीर्तिपुर मैदानमा वर्षा बाधक बनेसँगै नेपाल र यूएईबीचको खेल रोकिएको हो ।
खेलमा कीर्तिपुर मैदानमा टस जितेर नेपाल फिल्डिङमा उत्रिएको थियो । खेलमा नेपालले उत्कृष्ट बलिङ प्रर्दशन गरेको छ । नेपालले हालसम्म यूएईको ९ विकेट लिएको छ । यूएईले २६.२ ओभरमा ८ विकेटको क्षतिमा १ सय ६ रन बनाएको छ ।
यसअघि नेपालका लागि करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र गुलसन झ समान एक विकेट लिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया