धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा चौधरी नियुक्त

जनकपुरधाम । धनुषा निर्माण व्यवसायी सङ्घको अध्यक्षमा अशोककुमार चौधरी नियुक्त भएका छन् । 

चौधरी २ सय २ मत प्राप्त गरी विजयी भएका हुन् । त्यस्तै उनका निकटतम प्रतिद्वन्द्वी विवेकानन्द मिश्रले १ सय ८६ मत प्राप्तको समितिले जानकारी दिए ।

त्यस्तै उपाध्यक्षमा रामदुलार साह, महासचिवमा रमेशकुमार यादव, सचिवमा जयप्रकाश साह र कोषाध्यक्षमा रुपेशकुमार सिंह निर्वाचित भएका छन् । 

सदस्यअन्तर्गत ‘घ’ श्रेणीका सदस्यमा विजयकुमार झा, सन्तोषकुमार मुखिया र नवनीतकुमार झा निर्वाचित  भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?