भारतले लगायो १४ वटा मोबाइल मेसेन्जर एपमा प्रतिबन्ध, आतंकवादीले प्रयोग गर्ने गरेको आरोप

लोकपथ
98
Shares

काठमाडौं । भारत सरकारले १४ वटा मोबाइल मेसेन्जर एपहरु ब्लक गरेको छ । आतंकवादी गतिविधिमा मेसेन्जर एपहरुको प्रयोग भइरहेकाले भारतले १४ वटा मोबाइल मेसेन्जर एपहरु ब्लक गरेको हो ।

आतंककारीहरूले यी मोबाइल मेसेन्जर एपहरू प्रयोग गरिरहेका थिए। आतंकवादीहरूले यी एप्सबाट पाकिस्तानबाट सन्देशहरू प्राप्त गर्ने गरेको भारतको आरोप रहेको छ ।

भारत सरकारले प्रतिबन्ध लगाएका एपहरूमा Crypviser, Enigma, Safeswiss, Wickrme, Mediafire, Briar, BChat, Nandbox, Conion, IMO, Element, Second line, Zangi, Threema समावेश छन्।

भारतीय सञ्चार माध्यम अमर अजलाका अनुसार आतंकवादीहरूले जम्मू-कश्मीरमा आफ्ना सहयोगीहरूलाई सन्देश पठाउन यी मेसेन्जर एपहरू प्रयोग गरिरहेका थिए। त्यसपछि सरकारले यी एपहरू प्रतिबन्ध लगाएको छ।

यी एपहरू ट्र्याक गर्न नसकिने गरी डिजाइन गरिएका छन् । यी एप्सका विकासकर्ताहरूलाई ट्रेस गर्न पनि गाह्रो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?