एजेन्सी । फ्रान्सेली लिग वान फुटबल अन्तर्गत उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ले शानदार जीत हात पारेको छ ।
शनिवार राति सम्पन्न भएको खेलमा पीएसजीले लिगको १७ औँ स्थानमा रहेको एमियन्सलाई ३-० गोल अन्तरले पराजित गरेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म दुवै क्लब गोलरहित बराबरीमा रोकिएका थिए ।
दोस्रो हाफमा सुधारिएको खेल खेलेको पीएसजीले तीन गोल ग-यो । खेलको ५७ औँ मिनेटमा एडिन्सन काभानीले पेनाल्टीमार्फत गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । ६६ औँ मिनेटको खेल चलिरहँदा डिफेन्डर खालेद एडोनेन रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि एमियन्य १० खेलाडीमा सिमित भएको थियो ।
त्यस्तै खेलको ७० औँ मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै खेललाई दोब्बर अग्रता दिलाए । ७९ औँ मिनेटमा माक्र्युनोसले गोल गरे । त्यसपछि खेलमा थप गोल भएन र खेल पीएसजीले जित्यो । जीतपछि पीएसजीले ५० अंक बनाएको छ । ३७ अंक बनाएको लिल्ले दोस्रो स्थानमा छ ।
त्यस्तै शनिवार राति नै भएको अर्को खेलमा नाइसले बोर्डेउसलाई १-० गोल अन्तरले पराजित ग-यो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया