युभेन्ट्स कोपा इटालिया फुटबलको क्वाटरफाइनलमा प्रवेश

एजेन्सी । युभेन्ट्स कोपा इटालिया फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

शनिवार राति सम्पन्न भएको खेलमा क्रिश्चियानो रोनाल्डोको टिम युभेन्ट्सले बोलोग्नालाई २-० गोल अन्तरले हराउँदै अघिल्लो चरणमा प्रवेश गरेको हो । 

खेल शुरु भएको ९ मिनेट पनि बित्न नपाउँदै युभेन्ट्सका लागि बेर्ननार्देस्चीले पहिलो गोल गर्दै क्लबलाई अग्रता दिलाउन सफल भए । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफसम्म १-० गोल अन्तरले अगाडि रहेको युभेन्ट्सले दोस्रो हाफमा थप एक गोल ग-यो ।

खेलको ४९ औँ मिनेटमा कियमले गोल गरे । निर्धारित समयसम्म बोलोग्नाले पनि केही गोल गर्ने मौका पाएपनि सदुपयोग भने गर्न सकेन र खेलमा हार बेहोर्यो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?