भारतीय कांग्रेस निकट अखित महिला संघको महासचिवमा तेस्रो लिङ्गी

काठमाडौं । भारतीय कांग्रेस निकट अखित भारत महिला कांग्रेसको महासचिवमा पहिलो पटक तेस्रो लिङ्गी नियुक्त भएकी छिन् । महिला कांग्रेसको राष्ट्रिय महासचिवमा तेस्रो लिङ्गी अप्सरा रेड्डी नियुक्त भएकी हुन् । 

महिला कांग्रेसको राष्ट्रिय महासचिव बनेकी अप्सरा पहिलो तेस्रो लिङ्गी हुन् ।

उनलाई कांग्रेस अध्यक्ष राहुल गान्धीले महिला कांग्रेसको महासचिव पदमा नियुक्त गरेका थिए । 

नियुक्तपछि उनले पत्रकारसँग कुरा गर्दै भाजपाको तानाशाहीविरुद्ध अभियान चलाउने बताए । 

उनले भनिन्, ‘म भाजपाको तानाशाहीविरुद्ध अभियान चलाउने छु र महिलाहरुलाइ आर्थिक रुपमा सशक्त बनाउनुका साथै उनीहरुको अधिकार रक्षाका लागि निरन्तर काम गर्ने छु ।’

अन्तर्राष्ट्रिय स्तरका मिडियामा काम गरेकी उनले अष्ट्रेलिया र लण्डनबाट पत्रकारिता पढेकी थिइन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?