काठमाडौं । नेपाल एसिया कपको १६ औँ संस्करणमा छनोट भएको छ । एसीसी मेन्स प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपालले एसिया कपमा आफ्नो स्थान पक्का गरेको हो ।
युएईले दिएको १ सय १८ रनको लक्ष्य नेपालले ३० दशमलब ३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो ।
नेपालका लागि गुलसन झाले ८४ बलमा ३ चौका र ६ छक्का प्रहार गर्दै ६७ रनको अर्धशतकीय ईनिङ खेले । योसँगै गुलसनले एकदिवसीय अन्तराष्ट्रियमा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका छन् ।
भीम सार्कीले ७२ बलमा ३६ रनमा अविजित रहे । त्यस्तै नेपालका कुशल भुर्तेलले ८ बलमा १ रन बनाएका थिए । आशिफ शेखले १० बलमा ८ रन बनाएका थिए भने रोहित पौडेलले ९ बलमा १ रन बनाएका थिए ।
एसिया कपको १६ औँ संस्करण सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ । एसिया कपमा ६ वटा एसियाली राष्ट्रले सहभागिता जनाउनेछन् ।
एसिया कपमा खेल्ने ६ देशमा नेपाल, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका रहेका छन् ।
यूएई र नेपालबीचको खेल हेर्नका लागि हजारौंको संख्यामा दर्शकहरु सहभागिता रहेको थियो । दर्शकदिर्घामा ठाँउ नभएपनि नेपाली समर्थकहरु रुखमा चढेरै भएपनि देशको समर्थनमा उत्रिएका थिए ।
हेर्नुहोस् तस्बिर :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया